प्रेम आलेले फेरी भने–भीम रावलले चुनाव जिते राजनीतिबाटै सन्यास लिन्छु
2021/01/30, 5:51

नेकपा ओली पक्षका नेता एवं वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने दोह¥याएका छन् । काठमाडौंमा सुदुरपश्चिम स्तरिय भेलालाई सम्बोधन गर्दै शनिबार उनले यस्तो घोषणा गरेका हुन् ।

आलेले रावलसँग चुनाव लड्ने कुनै एजेण्डा नै नभएको बताए । सुदूरपश्चिमबाट चुनाव लडे हार्ने भएकाले रावल समानुपातीकमा उठ्ने तर्क उनको छ । मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएकोसमेत बताए ।
मन्त्री आलेले सुदूरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले दाहाल–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसँग हरहिसाव मागिने बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57