६८ औ विश्व कुष्ठरोग दिवसः “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता”
2021/01/31, 10:57
कुष्ठरोग नियन्त्रण कार्यक्रम
६८ औ विश्व कुष्ठरोग दिवस
“कोरोना महामारीमा हाम्रो संयमता,
समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता”
कुष्ठरोग सम्वन्धि तथ्यहरूः
- कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।
- ९५ प्रतिशत मानवमा कुष्ठरोगको किटाणुसंग लड्न सक्ने क्षमता (Immunity) हुन्छ ।
- यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ । (लामो समय भन्नाले कम्तिमा हप्तामा २० घण्टा भन्दा बढी समय सम्म सम्पर्कमा रहने व्यक्ति)
- शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन ।
- यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ ।
- समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुदैंन ।
- कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरूवा रोग हो ।
- यो रोगबाट प्रभावित व्यक्ति पनि देशको नागरिक हुन् उसले पनि स–सम्मान पुर्वक आफ्नो परिवार र समाजमा जीवनयापन गर्न पाउनु उसको अधिकार हो ।
- यो रोग उपचारबाट पुर्ण रुपमा निको हुने तथा समयमा उपचार गरेमा अपांगता हुदैन त्यसैले कुष्ठरोगका विरामी र प्रभावितलाई सामाजिक भेदभाव नगरौं ।
कुष्ठरोग राष्ट्रिय रणनिति
२०७३-२०७७ (सन् २०१६-२०२०)
परिदृष्य (Vision) : कुष्ठरोग मुक्त नेपाल (Leprosy Free Nepal)
- सबै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर (Prevalence rate) प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने
- कुष्ठरोगको नयां विरामीहरुमध्ये बच्चा(० देखि १४ वर्ष)हरुमा असमर्थताको तह २ (Grade II Disability) लाई शून्य बनाउने
- सबै नयां निदान भएका कुष्ठरोगका विरामीहरुमा तह–२ असमर्थता (Grade II Disability) लाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने
- कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानुनी प्रावधानहरुलाई शुन्य बनाउने
कुष्ठरोगको वर्तमान अवस्थाः आ. व. २०७६\७७
चुनौतीहरु
- कुष्ठरोगका विरामी तथ प्रभावितहरु प्रति सामाजिक भेदभावलाई शून्य बनाउने ।
- गुणस्तरिय उपचार सेवाको निरन्तरता ।
- रोगको संक्रमणलाई घटाई कुष्ठरोग शुन्य समाज निर्माण गर्ने ।
- कुष्ठरोग निवारणको स्थितिलाई दिगो राख्ने ।
- प्रभावितहरुलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने ।
- सवै नगर/गाँउपालिकाहरुमा कुष्ठरोग निवारण (प्रति दश हजार जनसंख्यामा १ भन्दा कम विरामी) गर्ने ।
- कुष्ठरोगसंग सम्वन्धित जनशक्तिको व्यवस्थापन ।
सरोकारवालाहरुको भुमिका
- कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने ।
- कुष्ठरोगको विरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलव्धता बारेमा जानकारी गराउने ।
- कुष्ठरोगको शंका लागेका विरामीलाई स्वास्थ्य संस्थाहरुमा पठाई रोग निदान र उपचारमा सहयोग पुर्र्याउने ।
- कुष्ठरोगका विरामी र प्रभावितलाई आफ्नो परिवार र समुदायमा भेदभाव हुन नदिन रोग बारेमा सत्य तथ्य जानकारी दिने ।
2025/01/16, 7:07
2025/01/16, 7:06
2025/01/16, 7:04
2025/01/16, 7:03
2025/01/16, 7:02
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/13, 10:38
2022/12/07, 5:53
2024/05/12, 3:23
2021/06/09, 3:02