
दार्चुलामा कुष्ठरोगीको संख्यामा घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा चालू आर्थिक वर्षको हालसम्म एक जना पनि कुष्ठरोगी फेला परेका छैनन् ।

गत आर्थिक वर्ष २०७६/०७७ मा २ जना कुष्ठरोगीहरु फेला परेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। गत आर्थिक वर्षमा देखापरेका कुष्ठरोगीहरु पनि अहिले औषधि सेवन गरिहरेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हुँदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। यो रोग माइकोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणको कारणले लाग्ने गरेको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 5:54
2022/04/03, 6:42
2025/06/30, 10:25
2020/07/30, 4:42