
बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेकाे जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ । टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55