
प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ । संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह सयोजक नबराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
उनले आधिकारीक प्रेस संगठन आफु नै भएको स्पष्ट पारेका छन । उनले आज धनगढीमा गरिएको संगठनको भेला नभएर गुटको भेला मात्रै भएको आरोप लगाए । यस्तै प्रेस संगठन कैलालीका संयोजक हरिस विकले नयाँ सदस्यहरुलाई स्वागत गदैँ आफुहरुको संगठन नै आधिकारीक भएको बताए ।
साथै उनले बाटो विराएर बरालिदैँ हिँडेका साथीहरुलाई आफु संयोजक भएको संगठनमा आउन आह्वान गरेका छन । बैठकमा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेस चौधरी, प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य तथा वानका केन्द्रिय सदस्य हरि जोशी, लक्ष्मी जैसी लगायतको सहभागीता रहेको थियो ।
उक्त बैठकले देशको संविधान र कानुनको रक्षाका लागि सधै कटिबद्ध हुने निर्णय समेत गरेको छ । बैठकको सञ्चालन संगठनका सचिव मिन ठकुरीले गरेका हुन ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35