
बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषलाई प्रहरीले पक्राउ परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले चार दिनपछि पक्राउ गरेको हो ।

माघ २४ गते महराले आफ्नै २० वर्षीया बिवाहित छोरी बेलमती महराको गोली प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए ।

छोरी हत्या र आफ्नै घरमा आगो लगाएर महरा बन्दुकसहित फरार भएका थिए ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21