सेती प्रादेशिक अस्पतालमा वेडभन्दा कोरोना संक्रमित बढी, शैय्या अभावले उपचारमा समस्या
2020/06/02, 7:23

कैलालीमा सोमवार थपिएका १४ जना संक्रमितलाई पनि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईएर उपचार थालिएको छ ।

सोमवार संक्रमण पुष्टि भएका धनगढी उप–महानगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरियाका उनीहरुलाई आईसोलेसनमा राखेर उपचार गर्न सेती प्रादेशिक अस्पताल ल्याईएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
१४ जना संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याइएपछि एक जनालाई भने आईसोलेन शैया अभाव भएको छ । यस अघि नै ९ जना संक्रमित र दुई जना शंकास्पद विरामी सहित ११ जनालाई अस्पतालको आईसोलेसनमा राखिएकोमा १४ जना थपिएपछि एक जनालाई शैया अभाव भएको हो ।

सेतीमै २३ जना संक्रमित र दुई जना शंकास्पद बिरामी भएपछि विरामीको संख्या २५ पुगेको छ भने अस्पतालसँग २४ शैयाको आईसोलेसन वार्ड मात्रै रहेको छ । यसले कोरोना संक्रमितको उपचारमा समस्या भएको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54