
सीता एयरले सुदूरपश्चिम प्रदेशको चार जिल्लामा मंगलबार परीक्षण उडान गरेको छ । सो एयरको जहाजले डोटीको दिपायल, बझाङको चैनपुर, अछामको साफेबगर र बैतडीको पाटनमा परीक्षण उडान गरेको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले जानकारी दिए । सुदूरपश्चिम प्रदेको पहाडी जिल्लामा रहेको विमानस्थलमा यसअघि पनि परीक्षण गडान गरिएको थियो । विमानस्थलहरुमा जहाज अवतरण भने नियमित छैन ।

