भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष र सदस्यहरुले पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितीको सभाहलमा आज एक कार्यक्रमका बिच आयोगका अध्यक्ष दिपक देबकोटा र सदस्य दुर्जराम चौधरीले पदभार ग्रहण गरेका छन । अर्का सदस्य बलबहादुर महता भने पदभार समारोहमा अनुपस्थित रहे ।
अध्यक्ष देवकोटाले कैलालीमा असारदेखि लालपुर्जा बाँड्ने लक्ष्य रहेको बताए । काम गर्ने समयमा कुनै समस्या आएन भने पहिलो चरणमा असारदेखि लालपुर्जा वितरण गर्ने उनले बताए । अहिले कैलालीका ९ स्थानीय तहमा भूमि सम्बन्धी काम भइरहेको छ ।
2025/01/16, 7:07
2025/01/16, 7:06
2025/01/16, 7:04
2025/01/16, 7:03
2025/01/16, 7:02
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/30, 12:06
2021/06/18, 9:50
2022/02/13, 4:17
2023/02/28, 12:18
2020/08/30, 6:00