
विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले अब धनगढी खुटिया सडक निर्माणले तीव्रता पाउने बताएका छन् । सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा रानाले अब कसैले चाहेर पनि सडक निर्माणको काम नरोकिने बताएका हुन् ।

धनगढी खुटिया सडक कालोपत्रे गर्न टेन्डर आह्वान भइसकेकोले अब कसैले चाहेर पनि निर्माण नरोकिने बताएका हुन् ।आफू निर्वाचित भइसकेपछि घोषणा पत्रमै राखेको सडक निर्माणको लागि निरन्तर पहल गरेको उनको भनाइ छ ।
उनले धनगढी विमान स्थलमा यस वर्ष जग्गा अधिग्रहणको प्रक्रिया समेत अघि बढ्ने उनले विश्वास दिलाए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि विमानस्थलको बिस्तार गर्न आफूले बताउँदै आएको उनको भनाइ थियो । जग्गा अधिकरण पछि लगानीदाता जुटाउने समेत तयारी भइरहेको उनले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19