
कैलालीको बौनियास्थित पूर्वपश्चिम राजमार्ग आज पनि अवरुद्ध गरिएको छ । बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनाका परिवार र स्थानीयले बिहिबार बिहानदेखि राजमार्ग अवरुद्ध पारेका हुन ।
क्षतिपुर्तिको माग गर्दै राजमार्ग अबरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार ठक्कर दिने चालक र ट्रक नियन्त्रणमा लिइएको छ ।
दुर्घटनामा परि मोटरसाइकल चालक लम्की नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरी र जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरीको मृत्यु भएकाे थियाे ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11