
सुदूरपश्चिम प्रदेशमा ४६ जनाको नमूना परीक्षण गर्दा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा ३१ जनाको नमूना परीक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको महाकाली अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १३ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11