
सुदूरपश्चिम पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संविधानमा व्यवस्था भएबमोजिम प्रदेशले अधिकार नपाएको गुनासो गरेका छन् ।

प्रदेश सभाको बैठकमा आज विशेष समय लिएर बोल्दै उनले प्रशासन र प्रहरी प्रदेश मातहतमा नआउँदा प्रदेश सरकारलाई शान्ति, सुरक्षा कायम गर्न समस्या भइरहेको बताए ।
‘प्रदेश सरकारले न अनुसन्धान टोली गठन गर्न सक्छ न त प्रहरीलाई आदेश दिन सक्छ’, उनले भने ।

‘समस्या यहाँ हुने तर, त्यसको कमाण्ड गर्ने कार्य केन्द्रबाट हुँदा समस्या भइरहेको छ ।’
उनले भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा प्रदेश सरकारले अनुसन्धानमा खटेको प्रहरीको अनुसन्धान टोलीलाई पूर्ण सहयोग गरेको बताए ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26