
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक कारागार चलान भएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा गत पुषमा पक्राउ परेका भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरी कारागार चलान भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका कोरीलाई जिल्ला अदालतमा भएको थुनछेक बहसपछिको आदेशअनुसार कारागार चलान गरिएको बताए।

ती युवकलाई गत पुषमा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11