
कञ्चनपुरको बेलडाँडी गाउँपालिका र बेदकोट नगरपालिकामा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका ५ इमालियामा साँझ ६ बजे स्थानीय सोनुराम चौधरीको २ कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

भान्साबाट सल्को आगोले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
आगलागीबाट ५ बोरा धान, १ बोरा कपास जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियातामा आगो नियन्त्रणमा लिइएको थियो।

यस्तै जिल्लाको बेदकोट नगरपालिका ७ गौजी बस्ने स्थानीय दिवानी सुनारको घरको आँगनमाा राखिएको परालमा आगलागी भएको थियो। आगलागीबाट मानवीय र पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 10:15
2022/01/10, 12:38
2023/01/26, 5:49