प्रधानमन्त्री कञ्चनपुर पुग्दा निर्मला पन्तलाई न्याय माग्ने ६ जना अधिकारकर्मी पक्राउ
2021/02/22, 4:36

कञ्चनपुरको दैजीमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी असफल भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11