खानापानी अभियान अन्तर्गत आज त्रिनगर नाकामा २ हजार ७ सय ५० जनालाई खाना खुवाईयो
2020/06/02, 6:29
 
trinagar naka rahat danapani abhiyan

भारतका बिभिन्न शहरबाट आएका नेपालीहरुको सहयोगका लागि नागरिकस्तरबाट सञ्चालित खाना र पानी अभियान अन्तर्गत आज दिनभरी २ हजार ७ सय ५० जनालाई खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा १५ दिनदेखि जारी खाना पानी अन्तर्गत आज भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका नेपाली, नेपालबाट भारत जादै गरेका भारतीय नागरिक र नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका व्यक्तिहरु समेत गरी २ हजार ७ सय ५० जनालाई खाना र पानी वितरण गरिएको हो ।

corona

भारतबाट आएका २ हजार ४ सय जना, नवदुर्गा माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ सय जना र नेपालबाट भारत जादै गरेका २ सय ५० जनालाई खाना तथा मिनरल वाटर वितरण गरिएको थियो । त्यस्तै नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका सय जना भन्दा बढिलाई साँझ साँझ पनि खाना र पानी वितरण गरिनेछ ।

टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष परशु चपाईका तर्फबाट १ हजार जनालाई, लायन्स क्लव अफ नैनादेवीका तर्फबाट १ हजार जनालाई, रेश्मा जोशी (अमेरिका) का तर्फबाट ५ सय जनालाई र रुवी अग्रवाल ( काठमाण्डौं) का तर्फबाट २ सय २० जनालाई खाना खुवाईएको हो । हाल अमेरिका बसोबास गर्ने धनगढीकी रेश्मा जोशीले भारतबाट भोकभोकै आएका नेपालीहरुलाई सीमामा खाना खुवाईरहेको दृष्य देखेपछि खाना पानी अभियान मार्फत आज ५ सय जनाका लागि खाना र पानीको व्यवस्थाका लागि सहयोग गरेकी हुन् ।

naka

काठमाण्डौंमा रहेकी धनगढी माईती भएकी रुवी अग्रवालले आफ्नो बैबाहिक बर्ष गाठको अवसरमा २ सय २० जनाको खाना र पानीको व्यवस्थाका लागि सहयोग गरेकी हुन् । भारतबाट आएकाहरुलाई आज ३ सय कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । गौरीशंकर भण्डारी (जापान) का तर्फबाट ५० कार्टुन र महावीर किराना पसलकी सञ्चालिका मिनाक्षी शर्माका तर्फबाट एक सय एक कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । त्यस्तै नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ सय २० जनालाई खाना र पानी वितरण गरिएको थियो । जापानमा रहेका कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीका भण्डारीले भारतबाट आएका नेपालीहरु पानी नपाएर छटपटिएको दृष्य देखेपछि ५० कार्टुन पानीका लागि सहयोग गरेका हुन् । शर्माका तर्फबाट यसअघि पनि ५ सय जनालाई खाना खुवाईएको थियो । naka trinagar

खाना पानी वितरण अभियानमा लायन्स क्लव ३२५ बी २ का सेकेण्ड भाईस डिष्ट्रिक गर्वनर सीवी चन्द, एरिया नम्बर ७ का एरिया चिफ चेतराज पनेरु, लायन्स क्लव अफ नैनादेवीका अध्यक्ष ओमप्रकाश अग्रवाल, सचिव तिलक श्रेष्ठ सहभागी भएका थिए । खाना पानी अभियानमा यसरी बिभिन्न सामाजिक संघसंस्था र मनकारी व्यक्तिहरुले साथ दिदै आएका छन् । भारतबाट नेपालीहरु आउनेक्रम शुरुवात भएकै दिन देखि नागरिकस्तरबाट उनीहरुका लागि खाना र पानी अभियान थालिएको हो । अभियानका अगुवा तायलले नेपालीहरु भारतबाट आउनेक्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए । चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मान सिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको सहभागितामा भारतबाट आएका नेपालीहरुका लागि खाना र पानी अभियान शुरु गरिएको हो । पत्रकार दीर्घराज उपाध्यायले अभियानको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् ।

trinagar naka

अभियानमा राउण्ड टेबल नेपाल, हाम्रो सानो प्रयास अभियान, काठमाण्डौं, मारवाडी युवा मञ्च, एलायन्स फर पिस लगायत देश विदेशबाट बिभिन्न मनकारी व्यक्तिहरुले साथ दिदै आएका छन् । भारतबाट आएका नेपालीहरुको सहयोगका लागि यो अभियान १५ दिनदेखि सञ्चालनमा छ । पर्पल फाउण्डेसनद्धारा भारतबाट आएका ७ सय महिलालाई हाईजेनिक प्याक वितरण धनगढी, १९ जेठ । पर्पल फाउण्डेसन काठमाण्डौंको तर्फबाट ६ दिनमा भारतबाट आएका ७ सय महिलालाई सेनेटरी प्याड, साबुन, मास्क सहितको हाईजेनिक प्याक (पर्पल झोला) वितरण गरिएको छ । फाउण्डेसनका तर्फबाट आज एक सय जनालाई पर्पल झोला वितरण गरिएको छ । पर्पल फाउण्डेसनका तर्फबाट अध्यक्ष निलम शर्माले उपलब्ध गराएको पर्पल झोला नाम दिईएको हाइजेनिक प्याक भारतबाट आएका नेपालीहरुका लागि सञ्चालित खाना र पानी अभियानले वितरण गरेको हो । अभियानका सदस्य पत्रकार दीर्घराज उपाध्याय र चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँदले भारतबाट आएका महिलाहरुलाई पर्पल झोला वितरण गरेका हुन् ।