पतिमाथि फरुवा प्रहार गरी हत्या गर्ने पत्नी पक्राउ
2021/02/23, 3:14
 
pakrau

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका २९ वर्षीय पति ओमबहादुर चौधरीमाथि फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

बसन्तीले पतिलाई मारेको भनी आफैं जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ पशुपतिटोल बस्ने ७६ वर्षीय प्रेम थापामाथि कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनकी बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरूले घरायसी विवादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनः स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमवार मृत्यु भएको थियो ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।