
सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितहरु मध्ये एक जना स्वास्थ्यकर्मी रहेका हुन ।

कञ्चनपुरको पुर्नवासमा आज ७ जनामा संक्रमण पुष्टि भएकोमा ३६ बर्षीय स्वास्थ्यकर्मी रहेका हुन् । उनले भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै त्यहाँ रहेकाहरुको स्वास्थ्य अवस्थाको वारेमा हेर्दै आएका छन । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको मेडिकल समेत सिल गरिएको छ ।
उनलाई आईसोलेसनमा राखिएको छ । उनले पुर्नवासमा मेडिकल समेत सञ्चालन गर्दै आएका छन् ।
