कैलालीमा ३३ जना कोरोना संक्रमित, कुन स्थानीय तहका कति ?
2020/06/02, 7:32
 
korona

सुदुरपश्चिममा आजसम्म ७३ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये सवैभन्दा वढी कैलाली जिल्लाका रहेका छन् । यो सँगै कैलाली जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ । 

कैलालीका ३३ संक्रमित मध्ये सवैभन्दा वढी गौरीगंगा नगरपालिकाका १३ जना रहेका छन् । सोमबार त्यहाँका ८ जनामा कोरोना पुष्टि भएकोमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा मालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै टीकापुर नगरपालिकामा पनि आज नै ४ जनामा संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिनमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । टीकापुरसँगै जोडिएको जानकी गाउँपालिकामा पनि ८ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँको सरस्वती माविको एउटै  क्वारेन्टाईनमा रहेका ७ जनालाई कोरोना भएको थियो । उनीहरुको टीकापुर अस्पतालमा उपचार भईरहेको छ । 

आज नै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिनमा रहेका ३२ बर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ आएको छ । सोमवार पनि धनगढी उपमहानगरपालिका वडा नम्बर १० का एक पुरुषमा कोरोना देखिएको थियो । योसँगै धनगढी उपमहानगरपालिकामा ४ जनामा कोरोना देखिएको छ । गत चैत १४ गते दुवईबाट आएका युवक र उनकी भाउजु भने कोरोनालाई जितेर घर फर्किएका छन् । 

यता लम्की चुहा नगरपालिकामा पनि दुई जनामा कोरोना देखिएको थियो । एक युवक र एक महिला कोरोनालाई जितेर घर फर्किसकेका छन् । यसैगरी जिल्लाको बर्दगोरीया गाउँपालिका र भजनी नगरपालिकामा पनि एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरुको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।