
मंगलसेन नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालेको छ । यसअघि सदरमुकाम मंगलसेन बजारमा बत्ती जडान गरेको नगरले आइतबार ठुलासेन बजारमा समेत बत्ति जडान गरेको हो ।

बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको वडा अध्यक्ष जनक भण्डारीले बताए ।
नगरपालिकाले अघिल्लो बर्ष देखि नै मुख्य स्थानमा सोलार बत्ती जडान गर्न सुरु गरेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा ३० लाखको टेण्डरबाट ३० वटा पोल खरिद गरिएको हो । त्यसैबाट आइतबार ठुलासेनमा ८ पोल जडान गरिएको हो । २२ वटा पोल अन्य ठाँउमा विस्तार गरिने सोडारीको भनाई छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/06/20, 7:38
2020/10/24, 2:24
2022/01/05, 12:40