
कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक फेला परेको छ । घोडाघोडी नगरपालिका ५ डोडा नदीबाट लोपोन्मुख सालक फेला परेको हो ।

शुक्रवार राति डोडा नदीबाट गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए । शुक्रवार राति नै वनकर्मीको टोलीले सालकको उद्धार गरेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले जानकारी दिए ।
शुक्रवार राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि शनिबार बिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको छ ।
दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । सालक बसन्ता वनबाट गाउँसम्म आएको हुन सक्ने बताइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:57
2021/02/07, 4:59
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49