प्रथम रक्तदाता डा. सिंह र ९३ पटक रगत दिने उपाध्याय सम्मानित
2021/03/10, 5:36
 
ragat

कैलालीका पहिलो रक्तदाता डा. गणेशबहादुर सिंह र सबैभन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्याय आज सम्मानित भएका छन् ।

 आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर रेडक्रस कैलालीले दुवै जनालाई सम्मान गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवै जनालाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे । 

कैलालीमा आफ्नो रगत दिएर बिरामीको ज्यान जोगाउने कार्य सबैभन्दा पहिले डा. गणेशबहादुर सिंहले गरेका थिए । यहाँका मान्छेले आफ्नो रगत निकाल्न डराउने गरेको बेला उनले पहिलो पटक रक्तदान गरेका थिए । 

यसैगरी, नियमित रक्तदान गर्दै आएका उपाध्यायले हालसम्म ९३ पटक रक्तदान गरिसकेका छन् । उनी, कैलालीमा सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन । रक्तदानका साथै, उपाध्यायले बिरामीलाई अप्ठ्यारो परेको बेला रक्तदाता खोज्ने कार्य पनि गर्दै आएका छन् ।

नियमित रक्तदान तथा उत्प्रेरणा गर्ने कार्यमा पु्¥याएको योगदानको उच्च मूल्यांकन गर्दै रेडक्रसले उपाध्यायलाई सम्मान गरेको हो ।