
सशस्त्र प्रहरी कैलालीद्वारा ट्याक्टरसहित अबैध काठ बरामद गरेको छ। कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलियासहित ट्याक्टर बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण बि.ओ.पि. लठ्ठाँघाटबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलिया ६८.०८ (क्विफिट) सालको काठ से १ त १७१८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी सव डिभिजन बन कार्यालय बसन्तामा बुझाएको जनाएको छ।
जसमा १ लाख बराबरको काठ र ५ लाख को ट्याक्टर गरी जम्मा अन्दाजी ६लाख बराबरको रहेको सशस्त्र प्रहरी कैलालीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 12:16
2020/11/01, 2:44
2021/05/28, 1:04
2022/01/08, 8:25
2023/01/24, 12:19