शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गर्ने सहमती छ : सहमहामन्त्री महत 
2021/03/15, 11:19
 
mnahat

धनगढी ः नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् । प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् ।

आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए काँग्रेस सरकारमा जान पनि सक्ने उनको भनाइ थियो । 

‘नेपाली कांग्रेसको मुल लक्ष्य आमनिर्वाचन हो,’ नेता महतले भने, ‘अबको अल्पकालीन अवस्थामा सरकारको नेतृत्व गर्न पनि काँग्रेस तयार छ ।’ काँग्रेस सरकारमा गए सभापति शेरबहादुर देउवाले नै नेतृत्व गर्नेमा आम सहमती रहेको दाबी उनको थियो ।

कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै नेता महतले अन्य पार्टीको नेतृत्वमा काँग्रेस सरकारमा नजाने दावी गरे । 

‘स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ,’ महतले अगाडि भने, ‘तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन । उनले नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको पनि बताए ।