
कोरोना पुष्टि भएको डोटीका पाँच जनालाई सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने भएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरुलाई पालिकामा नै व्यवस्थापन गरिने भएको हो । ती

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई क्वारेन्टाईनकै छुट्टै कोठामा राखिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनीहरुलाई धनगढी नपठाएर वडामा नै आइसोलेसनको व्यवस्था गर्ने योजना बनाईएका छ ।
गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले भने पाँचै संक्रमितलाई विद्यालयहरुमा नै राखिने बताए । डोटीका पाँच सहित सुदूरपश्चिममा बुधबार ८ जनामा कोरोना पुष्टी भएको छ । धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा थप आठ जनामा कोरोना पुष्टि भएको हो । कैलालीका तीन र डोटीका पाँच जनामा कोरोना पुष्टि भएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54