वैदेशिक रोजगारी गर्न कोरिया गएर फर्किएका व्यक्तिहरु मिलेर दुई करोड रुपैयाँ भन्दा बढीको लगानीमा सहकारी स्थापना गरेका छन् । कोरियामा सिकेको सीप र आर्जेको पुँजीलाई एकीकृत गरी स्वदेशमा रोजगार सिर्जना गर्ने उद्देश्यले कोरियाबाट फर्किएकाहरुले परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालन गरेका हुन् । दुई सय भन्दा बढी सेयर सदस्य रहेको सो सहकारी संस्थामा प्रतिव्यक्ति एक हजार कित्ता सेयरको हिसाबले एक लाख रुपैयाँको सेयर लगानी गरेका छन् । सहकारीले पहिलो चरणमा चिस्यान केन्द्र स्थापना गर्ने, कृषि उपज प्रशोधन गर्ने उद्योग स्थापना गर्ने, सेयर सदस्यहरुलाई उत्पादनमूलक व्यवसाय गर्न ऋण दिने लक्ष्य लिएको छ ।
सहकारीका अध्यक्ष धर्मराज जोशीले विदेशबाट फर्केर व्यवसाय गर्न चाहने युवाहरुलाई सहयोग गर्ने मुल उद्देश्य राखेर सहकारी स्थानपना गरिएको बताए । उनले सहकारीको सेयर सदस्य संख्या दुई हजार र चुक्ता पुँजी २० करोड पु¥याउने लक्ष्य रहेको बताए ।उनले चालु आर्थिक वर्षमै कैलाली र कञ्चनपुरको २३ वटा स्थानीय तहमा वन स्टोर सेन्टर बनाउने लक्ष्य समेत राखिएको बताए ।