
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको अन्त्येष्टि गरिएको छ।

बुधबार उनको सोल्टा आर्यघाटमा अन्त्येष्टि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले बताए।
७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको थियो।

लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो।
उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगेको उनका घरपरिवारले जनाएको छ।
रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक थिए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10