
डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। अजयमेरु गाउँपालिका–१ महरा गाउँकी २२ वर्षीया धना बोहराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बिहीबार रुखमा चढेकी उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10