कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा आजबाट गैँडा गणना अभियान सुरु
2021/04/01, 6:36
 
gaida

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडा गणना सुरु भएको छ । बिहीबार बाट औपचारीक रुपमा निकुञ्जले मालुमेला, बेल्डाडी र शुक्लाफाँटा क्षेत्र गरि तिन ओटा ब्लकबाट गैडाको गणना  सुरु गरिएको हो ।

प्रत्येक चार देखि पाँच वर्षमा गरिँदै आएको गैँडा गणना भने यस वर्ष राष्ट्रिय स्थरमा छैठौ गैडा गणना हुँदै छ । गणना भने एक हप्ता भित्र सम्पन्न गर्ने लक्ष रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

जसमा  गणक ८ जना प्राविधिक कर्मचारी तथा, १२ ओटा हात्ती परिचालक र १० जना व्यवस्थापक परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा पुन मगरले बताए ।

यस्तै गैडा राष्ट्रिय रुपमा दुर्लव वन्यजन्तुको रुपमा चिनिने गर्दछ । दुर्लभ वन्यजन्तु भएका कारणले पनि गणनाको मुख्य उदेश्य गैडाको सङ्ख्या बढाउनु तथा संरक्षणमा थप टेवा पुगाउनु रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्ष विभागका सुचना अधिकारी हरिभ्रद आर्चायले बताए।

झण्डै ६ वर्षअघि गरिएको गैडाको गणनामा भने शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जमा ८ ओटा गैडा देखिएको भएपनि निकुञ्नको वार्षिक डाटामा भने पछि आएर १७ ओटा गैडा पुगेका थिए ।