डोटीमा भारतबाट फर्किएकी दुई महिलाले क्वारेन्टाइनमै बच्चा जन्माईन
 
korona

डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडा स्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।

दिपायल सिलगढी नगरपालिका २ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरालाई जन्म दिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

उता शिखर नगरपालिका ३ नकुराला घर भएकी सार्कीले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा छोरा जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज हरिष शाहले जानकारी दिए ।