
बैतडीमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको समयमा मृत्यु भएकी महिलाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को मालिका माविको क्वारेन्टिनमा मृत्यु भएकी २२ बर्षिया सुनिता लुहारको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले धनगढीमा गरिएको परीक्षणका क्रममा उनको रिर्पोट नेगेटिभ आएको जानकारी दिए । जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी लुहारको मंगलबार क्वारेन्टिनमै मृत्यु भएको थियो । लुहार मुटु रोगको बिरामी थिईन ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55