कैलाली कार दुर्घटनाः मृतक युवतीको पहिचान भएन, घाइते युवक आईसीयूमा
2021/04/06, 4:44
 
death

कैलालीको अत्तरियामा सोमबार साँझ रोकिएको ट्रकमा कार ठोक्ँिकदा ज्यान गुमाएकी युवतीको अझै पहिचान हुन सकेको छैन। 

से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोक्ँिकदा अन्दाजी २५ वर्षीया किशोरीको मृत्यु भएपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले युवतीको पहिचान हुन नसकेको बताए। 

उनकाअनुसार कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का वनसमितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइतेको भने धनगढीमा उपचार भइरहेको छ।

उनको निसर्ग अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए।