कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
2021/04/13, 5:48

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराइदिने भन्दै घुससहित पक्राउ परेपछि अख्तियारले जोशीvविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार विशेष अदालमा मंगलबार मुद्दा दायर गरेको हो ।
आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जोशीलाई सेवाग्राहीबाट २४ हजार घुससहित पक्राउ गरेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2023/01/09, 5:53
2024/11/27, 11:25
2020/08/23, 6:47