कञ्चनपुरमा एक किशोरी मृत फेला
2021/04/15, 10:52
 
dd

कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका २ उल्टाखामकी १७ वर्षीया कमला लुहार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले कमलाको शव महाकाली अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।