
बैतडीको सिगास गाउँपालिकाका सात वडामा तालाबन्दी गरिएको छ। नौ वडा रहेको गाउँपालिकाका सात वडा कार्यालयमा बिहीबार स्वयंसेवक शिक्षकहरुले तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्। श्रावण महिनादेखी तलब नपाएको भन्दै २ र ५ नम्बर वडाबाहेकका वडा कार्यालयमा तालाबन्दी गरिएको स्वयंसेवक शिक्षक संघर्ष समितिले जनाएको छ।

गाउँपालिकाले गाउँपालिका स्वयंसेवक शिक्षक कार्यविधि २०७५ लाई संशोधन गर्दै अनुदान कटौती गरेर विद्यालय व्यवस्थापन समितिको जिम्मा दिएको थियो। व्यवस्थापन समितीले पनि तलब दिन नसक्ने बताएपछि तालाबन्दी गर्नुपरेको संघर्ष समितीले बताएको छ। गाउँपालिकामा एक सय ८७ जना स्वयंसेवक शिक्षक कार्यरत छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08