सुदूरपश्चिम प्रदेश सरकारमा निर्णायक बन्दै नेपाली काँग्रेस
2021/04/17, 9:06
 
rajniti

 नेकपा बिभाजनपछि पेचिलो बन्दै गएको प्रदेश सरकारको राजनीतिमा नेपाली काँग्रेस एकाएक निर्णायक भएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिरुद्धको अविश्वास प्रस्तावमा माओवादी केन्द्रलाई साथमा लिएर अघि बढेको काँग्रेसले कर्णाली प्रदेशमा भने माओवादीलाई साथ दिएर उसको मुख्यमन्त्रीलाई जोगाईदिएको छ । यो सिलसिला कर्णाली प्रदेशमै रोकिने देखिदैन । सुदूरपश्चिम प्रदेशमा भने काँग्रेसले सत्तामा माओवादीसंग सहकार्य गर्ने संभावना बलियो भएको छ ।

एमाले भित्रको बिबादले प्रदेश सरकारहरु संकटमा पर्न थालेपछि काँग्रेस भने उत्साही देखिएको छ । 
प्रदेश सरकार जो सुकै पार्टीले बनाएपनि काँग्रेसको साथ भने अनिवार्य जस्तै हुन थालेको छ । 

सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रण बहादुर रावलले नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार आफूहरु प्रदेशमा अघि बढ्ने बताए ।

हामीले अहिलेसम्म सत्ता साझेदारीका लागि कुनै पार्टीसंग छलफल चलाएका छैनौ,डा. रावलले भने, 'अहिले सरकारमा जाने हतारमा पनि छैनौ । हाम्रा लागि जनता मुद्दा र राजनैतिक स्थायित्व सबैभन्दा महत्वपूर्ण कुरा हो । सत्ता होईन ।' उनले कम्युनिष्ट पार्टीभित्रको झगडाले राजनैतिक अन्यौलता र अस्थिरता सृजना गरेको आरोप लगाए ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा काँग्रेसका १२ जना सांसद रहेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादीसंग १३, एमालेसंग २५ र जसपासंग दुई जना सांसद छन् ।