
नगढीबाट एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्वर ५ तारानगरमा बहादुरसिंह खत्रीको घरमा तास खेलाईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक हेमराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्वर ५ का ४९ वर्षीय मोहन भट्ट, वडा नम्वर ३ का ५३ वर्षीय भीमवहादुर साउद, वडा नम्वर ५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमिर गहतराज र डोटी शिखर नगरपालिका वडा नम्वर ४ का ६१ वर्षीय दीपबहादुर अधिकारीलाई पक्राउ गरिएको हो।
उनीहरुलाई जुवा ऐन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17