
नेपाली कांग्रेसको पार्टी कार्यालय टीकापुरमा तोडफोड भएको छ।कांग्रेस टीकापुरको नगर कार्य समितिको शनिबार बैठक चलिरहेको अवस्थामा एक समूहले बैठक निर्णय पुस्तिका च्यातेर कार्यालयमै तोडफोड गरेको कांग्रेस टीकापुरले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

घटनापछि कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्न नगर समिती सदस्य समेत रहेका अँगत बिष्ट लगायतलाई अनुशासनको कारबाही गर्ने जनाएको छ।

नगर समिति सभापति धनराज उपाध्यायले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर सदस्य अंगत बहादुर बिष्टसहितलाई अनुशासनको कारबाही गरिने बताएका हुन्।घटनाप्रति भत्सर्ना गर्दै पार्टीको विधान बमोजिम कारबाही गरिने बताइएको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26