
कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको छ ।

नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह आयोजना गरिएको हो । उनले भने, 'कैलाली प्रशासनको अनुमतिबाटै विवाहको आयोजना गरिएको हो ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनै पनि सूचना नआएको र आफूले निर्देशन पनि नदिएको बताए ।
उनले भने, 'कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनीको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर आधिकारीक रुपमा प्रशासनले अनुमति भने दिएको छैन ।'
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 1:48
2023/04/27, 11:54