
जिल्ला कारागार बाजुराका तीन कैदीमा कोरोना संक्रमण पुष्टी भएको छ ।८ कैदीलाई गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा संक्रमण देसिखएको जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमुख मदन महराले जानकारी दिए ।

संक्रमित तीनै जनालाई कारागार भित्र अलगै आइसोलेशन बनाएर राखिएको छ । बाजुरा कारागारमा २५ जनाको क्षमता भए पनि ५९ जना कैदी राख्दा सबै सँगै सुत्ने गरेका छन् । कारागारमा रहेका अन्य कैदीबन्दीहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको महराले बताए ।
एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32