सुदूरपश्चिम प्रदेशमा बुधबार थप ९ जना कोरोना संक्रमितको मृत्यु
2021/05/05, 9:08
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, कञ्चनपुरका १, डडेल्धुराका १, डोटीका १, बाजुराका १ र बैतडीका १ गरी ९ जनाको मृत्यु भएको हो। 

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज श्रेष्ठले बताएका छन्।  

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको मृत्यु भएकोे स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताएका छन्।

बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  बाजुराको गौमूल गाउँपालिका–३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।