
कैलालीमा अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।

नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहिबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।
उनका अनुसार बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका चारै जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07