सुदूरपश्चिममा कोरोनाबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु
2021/05/06, 10:31
 
corona

सुदूरपश्चिममा कोरोनाबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । 

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६४ जना संक्रमित निको भएका छन्।

मृत्यु हुनेमा कञ्चनपुरका ८ जना, कैलालीका ६ जना, बझाङ्गका १ जना, अछामका १ जना र दार्चुलाका १ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। 

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले बताइन। 

उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन्।

सेती अस्पतालमा उपचाररत कैलालीका ६ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो

धनगढीका ८१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, धनगढीकै ५८ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार बिहान ६ बजे ज्यान गएको हो। 

यस्तै बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोरोना संक्रमित महिलाको पनि बिहीबार बिहान १ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।