दार्चुलाको गोकुलेश्वर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
2021/05/09, 3:23
 
dd

दार्चुलामा शनिबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नौगाड गाउँपालिका वडा नम्बर ५ घर भएका ७२ वर्षीय पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए । उनका अनुसार शनिबार राती ती पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो ।

मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । गाउँमा पसल सञ्चालन गर्दै आएका ती पुरुषको भारतबाट फर्किएकाहरुसँग भेटघाट हुने गरेको आफन्तले बताएका छन्।    

कोरोनाको लक्षण पनि देखिएकोले शरीरमा अक्सिजनको मात्रा कम भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

हालसम्म दार्चुलाका तीन जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।