
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका १ जना र लम्कीचुहा नगरपालिकाका १ जनाको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष, उपमहानगरपालिकाकै वडा नम्बर ४ का ५१ वर्षीय र ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ७३ वर्षीय पुरुष र लम्कीचुहाका–७ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षीय पुरुष र दार्चुलाको मार्मा गाउँपालिका–५ का ४० वर्षीय पुरुषका को मृत्यु भएको उनले बताए।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54