
धनगढीका एक जना कोरोना संक्रमित काठमाडौँ रेफर गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफर गरिएको बताए । मृगौलामा पनि समस्या देखिएको र निमोनियाको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।
सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को टिचिङ अस्पताल काठमाडौंमा रेफर गरिएको शर्माले बताए । उनी सहित सुदूरपश्चिममा ५ जनामा बुधबार कोरोना पुष्टि भएको थियो । उनी भारतबाट केही दिन अगाडी आएका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54