
सुन्दर सुदूरपश्चिम यातायातले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा १ लाख आर्थिक सहयोग गरेको छ।
यस्तै प्रालिका अध्यक्ष पदमराज सापकोटाले २५ हजार, निर्वतमान अध्यक्ष टेकराज जोशीले २५ हजार र सचिव बेनी खड्काले १५ हजार व्यक्तिगत सहयोग गरेका छन्।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।
अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन्।

क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरिएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/14, 10:16
2022/02/07, 1:27
2023/02/20, 5:41
2020/11/10, 3:58