
बैतडीमा आजदेखि थपिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लागू हुनेछ । हिजो प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो ।

यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्लाका कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणकालागि निषेधाज्ञा थप गरिएको जनाइएको छ । बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41