
जगतबहादुर सिंह सेती प्रादेशिक अस्पतालका स्टोरमा कार्यरत खरिदार हुन् । राति साढे ८ बजे उनलाई फोन गर्दा उनी अस्पतालमै थिए । कुराकानीको क्रममा सिलिण्डर ओसारेको आवाज स्पष्ट सुनिन्थ्यो ।

उनले भने, ‘ड्युटी टाईम त विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै हो । तर कोभिड महामारीको अवधिमा अवेर राति पनि सामान आउँछ । मैले अस्पतालमा उपस्थित हुनैपर्छ ।’
उनी कोभिड संक्रमितलाई अवाश्यक अक्सिजनदेखि औषधीसम्मको सम्पूर्ण विवरण राख्ने मात्रै काम गर्दैनन् । माग अनुसार फार्टहरूमा वितरण गर्ने काम पनि उनकै हो ।

‘हिजो राति १२ बजेसम्म अस्पतालमा थिए ।’ उनले भने, ‘आज पनि राति ११ बजे अक्सिजन सिलिण्डर अस्पतालमा पुग्ने जानकारी आपूर्ति व्यवस्थापन केन्द्रबाट आएको छ । अबेर राति नै घर पुग्छु होला । फेरि बिहानै अस्पताल आउनुपर्छ ।’
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28